बलिउडका यी फिल्म जसले सबैभन्दा छिटो २५० करोड कमाए

शाहरूख खानको फिल्म पठानले पहिलो दिनदेखि नै बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ। फिल्म पठानले चार दिनमा दुई सय करोड कमाएर कीर्तिमान बनाएको छ। यसपछि अब फिल्मको नाममा नयाँ कीर्तिमान कायम भएको छ। यो फिल्मले पाँचौं दिनमा २५० करोडको आँकडा पार गरेको छ। यो सँगै फिल्म पठानले दक्षिण भारतीय फिल्म केजीएफ-२ को कीर्तिमान तोडेको छ।

हेरौं कुन फिल्मले सबैभन्दा छिटो २५० करोड कमाए। सञ्जु रणवीर कपूरको फिल्म सञ्जु चर्चामा थियो। यो फिल्मले बक्स अफिसमा धेरै कीर्तिमानसमेत बनायो। यो फिल्मले २५० करोड कमाउन १० दिन लगाएको थियो। टाइगर जिन्दा है

बलिउड सुपरस्टार सलमान खानको फिल्म टाइगर जिन्दा हे ले पनि बक्स अफिसमा राम्रो कमाई गरेको छ। फिल्मले १० दिनमा २५० करोड कमाएको थियो।दंगलअभिनेता आमिर खानको यो फिल्म बलिउडको सबैभन्दा धेरै कमाउने फिल्म हो। यो फिल्मले पनि १० दिनमा २५० करोड कमाएको थियो।

यो लिस्टमा साउथ स्टार प्रभासको फिल्म बाहुबली २ को नाम पनि परेको छ। यो फिल्मले २५० करोड कमाउन ८ दिन लगाएको थियो ।केजीएफ-२ दक्षिण भारतीय बहुचर्चित फिल्म केजीएफ २ ले ७ दिनमा २५० करोड कमाएको छ। पठान

यतिबेला शाहरुख खानको फिल्म पठानले धुम मच्चाएको छ। शाहरुख खानको फिल्म पठान सबैभन्दा छिटो २५० करोड भारतीय रूपैयाँ कमाउने फिल्म बनेको छ। फिल्मले ५ दिनमा २५० करोड रूपैयाँ भारतीय रूपैयाँ कमाएको हो।
शाहरुख खान र दीपिका पादुकोणको फिल्म पठान २५ जनवरीमा ठूलो पर्दामा रिलिज भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button