जोकोभिचलाई दशौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि

नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।मेलबर्नमा आइतबार भएको फाइनलमा सर्बियन टेनिस स्टार जोकोभिचले ग्रीसका स्टेफानोस सित्सिपासलाई ६-३, ७-६ (७-४) र ७-५ (७-५) को सेटमा हराए।योसँगै जोकोभिचले कीर्तिमानी १० औं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका छन्।

जोकोभिचले सर्वाधिक धेरै २२ औं पटक ग्रान्डस्लाम जित्ने राफेल नाडालको कीर्तिमान समेत बराबरी गरेका छन्।यो सँगै ३५ वर्षीय खेलाडी विश्व नम्बर एक वरियतामा फर्किनेछन्।जोकोभिचले आफ्ना लागि यो प्रतियोगिता विशेष रहेको प्रतिक्रिया दिए।

‘परिस्थितिलाई ध्यानमा राख्दै यो मेरो जीवनमा खेलेको सबैभन्दा चुनौतीपूर्ण टूर्नामेन्ट हो भनेर मैले भन्नुपर्छ,’ जोकोभिचले आफ्नो अन-कोर्ट अन्तर्वार्तामा भने, ‘गत वर्ष खेलेको छैन, यस वर्ष फिर्ता आएँ। म सबै मानिसहरूलाई धन्यवाद दिन चाहन्छु जसले मलाई अष्ट्रेलियाको मेलबर्नमा स्वागत र सहज महसुस गराए।’

उनले यो जितलाई आफ्नो करियरको सबैभन्दा ठूलो जीत भएकोसमेत बताए। आफ्नो २२ औं ग्रान्डस्लाम उपाधि जित्ने क्रममा अष्ट्रेलियाबाट निर्वासित भएको एक वर्षपछि घरेलु फ्यानहरूको मन जितेका थिए।गत वर्ष कोभिड-१९ खोप नलगाएपछि विवादमा पर्दै उनले अस्ट्रेलियन ओपन खेल्न पाएका थिएनन्। जोकोभिचले २०१८ यता मेलबर्न पार्कमा हारेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button