काठ्माण्डौ देखि धनगढी बस चलाएर भाईरल || नेपालकै एक मात्र नाईट बस चलाउने महिला चालक | (कृपया हेन्रुस भीडीयो सहित)

काठ्माण्डौ देखि धनगढी बस चलाएर भाईरल || नेपालकै एक मात्र नाईट बस चलाउने महिला चालक | (कृपया हेन्रुस भीडीयो सहित)

कृपया यो पनि पढ्नुस : मुस्ताङी सांस्कृतिक राजाका छोरा धिण्डुपको बिहेको रौनक

लोमान्थाङ : मुस्ताङी सांस्कृतिक राजाका छोरा झिग्मे ढिण्डुप फुन्छोक बिष्टको विवाह उपल्लो मुस्ताङको धार्मिक सांस्कृतिक प्रचलन अनुसार औपचारिक कार्यक्रम सोमबार सकिएको छ।

ताप्लेजुङ जिल्ला निवासी सुश्री सोनाम याङछेन उक्यापसँग बिहे सम्पन्न भएको हो। उपल्लो मुस्ताङमा तीन दिनसम्म जारी रहने विवाह उत्सवको दोस्रो र तेस्रो दिन बेहुला र बेहुलीलाई आशीर्वाद दिने कार्यक्रम रहेको छ।

बिहेको पहिलो दिन मुस्ताङी राजासहित बेहुला पक्षका जन्तीहरू बेहुली लिन उपल्लो मुस्ताङको चराङ पुगेका थिए। त्यहाँबाट उपल्लो मुस्ताङको दुई गाउँपालिकाको सीमाना थुर्रलुङ फाँट करिव ३ भन्दा बढी घोडाका लस्करसहित बेहुलीलाई घोडामा चढाएर लोमान्थाङ ल्याइएको थियो।

लोमान्थाङमा आइपुगेको बेहुलीसहितको जन्तीलाई उपल्लो मुस्ताङवासीले सांस्कृतिक भेषभुषाको पहिरनमा स्थानीय भाषामा गीत गाउँदै आर्शीवाद दिए। सयौंको संख्यामा उर्लिएको विवाहको लर्को अहिलेसम्मकै एतिहासिक सांस्कृतिक बिहे भएको स्थानीयको बुझाइ छ।

चराङबाट बेहुली लिएर फर्किएको जन्तीको लस्करलाई लोमान्थाङ गाउँ र गुम्बा र माने परिक्रमा गराइएको थियो। त्यसपछि गाउँ परिक्रमा गरेको जन्तीसहितको लस्करलाई छोदे गुम्बाका लामा गुरुहरूले बुद्धिस धर्म परम्परा अनुसार स्वागत गरेका थिए।

पल्लो मुस्ताङका २५ औं राजाको देहान्तपछि उनको उत्तराधिकारीका रूपमा हालका २६ औं पुस्ताका राजा झिग्मे सिंगे पलवर बिष्टलाई उपल्लो मुस्ताङीले राजाका रूपमा मान्दै आएका छन्।

उपल्लो मुस्ताङी राजा झिग्मे सिंगे पलवर बिष्टको छोराको बिहेलाई लिएर लोमान्थाङ गाउँपालिकाले सोमबार एकदिन सार्वजनिक विदा दिएको थियो।

पालिकाहरूले मुस्ताङी राजा सांस्कृतिक धरोहर रहेको र सांस्कृतिक रूपमा मनाई विवाह उत्सवलाई प्रवर्द्धन र संरक्षण गर्न स्थानीय तहको दायित्व रहेको भन्दै सार्वजनिक बिदा दिइएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button