गुम्बाबाट हराएका २ जना लामा हप्ता दिनमै यस्तो अवस्थामा भेटिए |गुम्बाले लगायो अभिभावकको जिम्मा (हेर्नुस भिडियो सहित)

गुम्बाबाट हराएका २ जना लामा हप्ता दिनमै यस्तो अवस्थामा भेटिए |गुम्बाले लगायो अभिभावकको जिम्मा (हेर्नुस भिडियो सहित)

कृपया यो पनि पढ्नुस : हलेसीका कृषकलाई बोयर बोका र बाख्रा

सोलुखुम्बु : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई बोयर बोका र बाख्रा वितरण गरेको छ।

कृषकको आम्दानी वृद्धि गर्न नगरपालिकाले उन्नत जातको ४३ वटा बोका तथा बाख्रा वितरण गरिएको मेयर विमला राईले जानकारी दिइन्। वैदेशिक रोजगारमा गएको परिवार, स्वास्थ्यको अवस्था कमजोर भएको परिवार, कृषि तथा पशु समूह, कृषि तथा पशुफर्म, कृषकको हकमा १५ माउभन्दा बढी बाख्रा भएको कृषकलाई वितरण गरिएको मेयर राईको भनाइ छ।

बाहुनीडाडामा ८, डिकुवा ४, च्यास्मीटारमा ३, बडहरेमा ३, दुर्छिममा ७, मंगलटारमा ३, महादेवस्थानमा २, धितुङमा ४, अर्खौलेमा ४, राजापानीमा ५ वटा वितरण गरिएको नगरपालिकाले जनाएको छ। आर्थिक स्तर उकास्नका लागि वैदेशिक रोजगारमा जाने युवाहरूको जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक पशुपालन तथा कृषिमा नगरपालिकाले लगानी गरेको मेयर राईले बताइन्।

नगरपालिकाले अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसीका युवाहरू व्यावसायिक पशुपालनमा जुटेको स्थानीय बताउँछन्। बाख्रा पालनबाट पालिकालाई मासुमा समेत आत्मनिर्भर बनाउन सकिने भएकाले यस तर्फ आगामी वर्ष समेत नगरपालिकाले थप योजना तथा कार्यक्रम ल्याउने बताएको छ।

अनुदानमा बोका तथा बाख्रा प्राप्त गरेसँगै किसानहरू उत्साहित बनेका छन्। स्थानीय सरकारले उपलब्ध गराएको अनुदानलाई मर्न नदिने लाभग्राहीहरूले प्रतिवद्धता जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button