महलको सपना बोकेर कतार पुगेका सुनिल जेलमा, सम्वन्धित निकायलाई सहयोग गर्न आमाको अपिल

कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं. १, बिरपुरको सुकम्बासी बस्तीमा एउटा सानो टिनले छाएको झुपडी रहेको छ । त्यसै घरमा बस्दै आएकी सुनिलकी आमा कमला सुनार करिब ३ बर्षदेखी आँशु र पिडामा बांच्न बाध्य छिन ।

कलकलाउदो २७ बर्षे उमेरमा आफ्नो छोरा सुनिल सुनार घरको विभिन्न समस्यालाई पार गरि सुख र खुसिको महल बनाउने सपना बोकेर बिदेशीएको करिब ५ बर्ष हुनै लागेको रहेछ । गएको करिब डेड बर्षमै कतारको जेलमा परेको खबरले दैनिक पिंडामा छटपटाइरहेका परिवारलाई नजिकबाट हेर्ने छरछिमेक स्टमित्रको सद्भाव त राम्रै देखियो, तर सन्तानको माया त्यो सदभावले कसरी भुलुन ती आमा कमला सुनारले ।

उनी संग कुरा गर्दा भकानिएर सबैका अनुहार मलिन भए, उनी भन्छिन कतार को २ लाख पैसा दिन सक्ने हो भने छोरा छुटछ भन्ने हल्ला सुन्छु । न घरजग्गा छ, न पैसा छ कसरी जुटाउ पैसा । सुकुम्बासी जग्गा मा बनको नजिक झुपडीमा रहेकी आमा बांचुन्जेल जिबिको चलाउन श्रीमानलाई भारत पठाएको ३ महिना भएको बताउछीन ।

रबि लामिछानेले टलिभिजनमा कार्यक्रम चलाउदा बिदेशमा अलपत्र परेका नेपालीको उद्दार गरेको देखेर अहिले पनि सहयोग पाउथे कि भन्ने आशा लागेर स्थानिय समाजसेवी शोभाखर पौडेल, गंगा बस्नेत लगायतको पहलमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति शिव कुमार सुवेदी, लुम्बिनी प्रदेस प्रवक्ता कमल पोख्रेल,

बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासे, नारायण खनाल, बिक्रम थापा लगायतलाई बोलाएर घरमै गुनासो गर्दै धरधरी रुंदै भक्कानिएकी आमा लाई सान्त्वना प्रदान गर्दै तपाइको छोरा सुनिल सुनारको सबै डकुमेन्ट उपलब्ध गराइदिएमा संबंधित निकाय संग कानुन सम्बत ढङ्गले सक्दो सहयोग गर्ने जिल्ला सभापति सुवेदिको टोलिले आश्वासन दिएको छ ।
सुनिल सुनार वैदेशिक रोजगारको शिलशिलामा कतारमा के कारणले जेलमा छन भन्ने आधिकारिक कुरा कसैलाई थाहा नभएको स्थानीय शोभाखर पौडेलले जानकारी गराए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button