अष्ट्रेलियामा पूर्वप्रेमीद्वारा युवतीको बी,भत्स ह,’त्या, हातखुट्टा बाँ,धेर पुरे जिउँदै खाडलमा

अष्ट्रेलियामा एक भारतीय युवतीले विवाह गर्न नमान्दा उनको हत्या भएको घटना बाहिरिएको छ। विवाह गर्न नमानेको भन्दै २१ वर्षीया भारतीय नर्सिलाई एक युवकले हातखुट्टा बाँधेर अपहरण गरेर घाँटी रेटेर जमिनमा गाडेका थिए।

आरोपित युवक पीडितका पूर्वप्रेमी भएको खुलेको छ। लामो समयदेखि उनले ती युवतीलाई दुर्व्यवहार गर्दै आएका थिए।

बुधबार अस्ट्रेलियाको अदालतमा भएको सुनुवाइका क्रममा यी कुराहरू बाहिर आएका हुन्। अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

यस्तो छ घटनाको विस्तार :

२१ वर्षीय जास्मिन कौर अष्ट्रेलियाको एडिलेड सहरमा बस्थिन्। अभियुक्त तारिकजोत सिंहले उनलाई ५ मार्च २०२१ मा काम गरिरहेको स्थानबाट जस्मिनलाई अपहरण गरेका थिए। त्यसपछि उनले उनको हात खुट्टा तारले बाँधेर कारको ट्रंकमा राखेर ६४३ किलोमिटर टाढा रिमोट फ्लिन्डर्स रेन्जमा लगेका थिए।

सुनसान ठाउँमा ती युवकले जस्मिनलाई जमिनमा गाडेका थिए। अक्सिजनको कमीका कारण ६ मार्चमा जस्मिनको मृत्यु भएको थियो।

गत वर्ष जस्मिनका बुवाआमाले छोरी बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उनकी आमाले ती तारिकजोतमाथि छोरीलाई अपहरण र हत्या गरेको आरोप लगाएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा तरिकजोतले जस्मिनको हत्या गरेको अस्वीकार गरेका थिए।

प्रहरीसमक्ष बयानमा तारिकजोतले सुरुमा जस्मिनले आत्महत्या गरेको र शव मात्रै गाडेको बताएका थिए। तर, गत फेब्रुअरीमा भएको सुनुवाइमा भने उनले हत्या गरेको स्विकार गरेका थिए। उनले जस्मिनको सामान र शवलाई गाडेको ठाउँबारे पनि जानकारी दिए।

प्रहरीले सामान र शव बरामद गरेपछि अभियुक्तलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो। अभियुक्तलाई जेल पठाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button