धेरै लामो समयपछि पल शाह फर्किए सामाजिक काममा भन्छन् अब सुदन किराँती सङ्ग जोडिएर देशको फोहर सफा गर्छु (हेर्नुस भिडियो सहित)

धेरै लामो समयपछि पल शाह फर्किए सामाजिक काममा भन्छन् अब सुदन किराँती सङ्ग जोडिएर देशको फोहर सफा गर्छु (हेर्नुस भिडियो सहित)

कृपया यो पनि हेर्नुस : मुस्ताङका कृषकलाई रैथाने बाली ‘उवा’ थन्क्याउने चटारो

जोमसोम : मुस्ताङमा यतिबेला रैथाने बाली ‘उवा’ थन्क्याउने चटारोनै चलेको छ। दुई साताअघि रैथाने बाली जौं भित्र्याइसकेका यहाँका कृषकहरू अहिले रैथानेबाली उवा थन्क्याउन भ्याईनभ्याई भएको हो। जिल्लाको बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिका भित्रका कृषकहरू धमाधम रैथाने बाली थन्क्याउन जुटेका हुन्। यहाँ उवा,फापर,जौ,सिमी र लसुन लगायतको खेती हुँदै आइरहेको छ।

पछिल्लो समय सडक यातायातको सहजतासँगै पर्यटकीय जिल्लाको रुपमा स्थापित हुन थालेपछि जिल्लाका कृषकहरूले उत्पादन गरेको रैथाने बाली जिल्लामै सहज बिक्री हुन थालेको छ। यहाँ उत्पादन हुने रैथाने बाली उवा जिल्लामै सहजै बिक्री वितरण तथा बजारीकरण हुने भएपछि यहाँका कृषकहरूले रैथाने बाली संरक्षण, प्रर्वद्धन र उत्पादनमा जोड दिन थालेका हुन्।

पछिल्लो समय मुस्ताङमा उवाको भाउ प्रति पाथी ५ सय रुपैयाँका दरमा बिक्री वितरण भइरहेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङको आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक अनुसार हिमाली जिल्ला मुस्ताङमा १५० हेक्टर जमिनमा लगाइएको उवा खेतीबाट ३०० मेट्रिक टन उवा उत्पादन भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button