आजको बिषेश भिडियो: जस्ले छोरी जन्माउदा साल अड्कियो, यसरी अस्मिताले संसार छाडिन्।(कृपया यो पनि हेर्नुस भिडियो सहित )

आजको बिषेश भिडियो: जस्ले छोरी जन्माउदा साल अड्कियो, यसरी अस्मिताले संसार छाडिन्।(कृपया यो पनि हेर्नुस भिडियो सहित )

कृपया यो पनि हेर्नुस : पर्सामा साढे १५ किलो चरेससहित एक युवक पक्राउ

वीरगन्ज :पर्साको कालीकामाई गाउँपालिका-५ देवरियाबाट सशस्त्र प्रहरीले चरेसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साकै छिपहरमाई गाउँपालिका-५ भिस्वाका ३७ वर्षीय राजेश साह रहेका छन्। साह १५ किलो ५०० ग्राम चरेससहित पक्राउ परेका हुन्।

बिहीबार दिउँसो सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले देउरियाबाट भिस्वातर्फ जाँदै गरेका साह सवार बीआर २२ एपी ६८१५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।

त्यसक्रममा मोटरसाइकलको ट्याङकी भित्र र सिटमुनि लुकाएर राखिएको ५०० ग्रामको १९ प्याकेट र २५० ग्रामको २४ प्याकेट चरेस बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताए।

चरेससहित पक्राउ परेका साह र मोटरसाइकल आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको बस्नेतले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button