काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

काठमाडौं, २९ असार । आज बिहान नारायणगढ मुग्लिन सडकखण्डमा यात्रुबाहक बस त्रिसुलीमा खस्दा १९ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००६–ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रीत भई दासढुंगानजिक सडकबाट करिब १० मिटर खसेर रुखमा अड्कीएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका अधिकांशको उद्धार गरी भरतपुर अस्पताल लगिएको हो । दुर्घटना करिब बिहान ५ बजेर २० मिनेटमा भएको थियो । ३२ जना बसमा सवार मध्ये १९ जना घाइते भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button