नातिनीको माया र स्याहारले बौरिए १ सय १ वर्षीय बाजे

बूढेस’कालमा छोरो नै बाबु’आमाको सहारा हुन्छ भन्ने नेपाली’हरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ ।

छोरा–बुहा’रीकै कारण कैयौँ वृद्ध बुबा’आमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धा’श्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरि’रहेका छन् ।

तर, म्याग्दीको मालिका गाउँ’पालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नाति’नीको अनलाइन स्याहार सुसार’बाट अझै बाँच्ने र परि’वारको साथमै रहने वातावरण पाउनु’भएको छ ।

रुमको बेली गाउँका १०१ वर्षीय शिव’लाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्नुहुन्छ । उहाँ’लाई परिवारका सदस्य’हरूले गरेको स्याहार सुसार’देखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ । हजुरबा (बाजे) को स्याहार सुसारकै लागि इजरायल’बाट डेढ महि’नाको विदा लिई घरमा आउनु’भएकी नातिनी विष्णु पुन मगर चौबिसै घण्टा बाजेको स्याहारमा तल्लिन हुुनुहुन्छ ।

एक सय एक वर्षको वृद्ध वय त्यसै नै शिथिल हुन्छ । शारीरिक’रूपमा कम’जोर भए पनि त्यस्तो अवस्थामा ताग’तिलो खानेकुरा खाने, परिवारको माया र स्याहार पाउने रहर बढी नै हुन्छ । तर, परि’वारका सदस्यले त्यस्ता वृद्ध’वृद्धाहरूको स्याहार सुसारमा खासै ध्यान नदिँदा उनीहरु शारी’रिकपले मात्रै होइन मानसिक’रूपमा समेत कमजोर बन्दै जान्छन् र रोगले च्याप्ने गर्दछ ।

तर शिवलाल पुन म’गरको हकमा भने यस्तो छैन । उहाँको हेर’चाह र स्याहार सुसारका लागि विदेशमा रहँदा’समेत नातिनी विष्णुले अनलाइन माध्यम’द्वारा नै परिवारका सदस्य’हरूलाई निर्देशन दिने, सिकाउने, आवश्यक सामान र सुविधा’जनक चिजहरु मगाइदिने गर्नु’हुन्थ्यो ।

घरका सदस्य’लाई अरु काम छोडेर भए पनि बाजेको स्याहार सुसार गर्न खटाउनु’हुन्थ्यो । परिवारका सदस्यले पनि सोही’अनुसार गर्ने भएकाले वृद्ध शिवलाल शारीरिक’रूपमा कमजोर भए पनि मानसिक’रूपले फुर्तिलो बनेर हँसिलो अनु’हारमा परिवारका सदस्यहरू’सँग कुराकानी गर्ने, व्याव’हारिक कुराहरु सिकाउने, आफन्त, इष्ट’मित्रहरूको खैखबर बुझ्ने लगायतका कुरा’हरू गर्नुहुन्छ ।

बाजेको हेरचाहका लागि विष्णु इजरायल’बाट घरमा आएर खानपान र हेरचाहको उचित प्रबन्ध मिलाई विदेशमा आफूले जानेको (वृद्ध:वृद्धाको स्याहार सु’सारका विधि) तरिका अपनाई सेवा गर्न थालेपछि शारीरिकरूपमा कम:जोरी भएको अवस्थाबाट बौरिएर भान्छामा बसेर आफैँ खाना खाने, परिवारका सदस्य’हरूसँग गफिने गर्न थाल्नु:भएको छ ।

विगत १५ वर्षदेखि इज’रायलमा बस्दै आउनुभएकी विष्णु इज’रायलमा वृद्धवृद्धाहरूको स्याहार सुसार गर्ने काम गर्नुहुन्छ ।गाउँकै सज्जन व्यक्तिका रूपमा चिनिने शि:वलालसँग व्यावहारिक ज्ञानको अथाह भण्डार भएको र उहाँ गाउँका लागि सूर्य जस्तै उज्या’लो छर्ने व्यक्ति भएको स्थानीयवासीले बताउँछन् । युवाअवस्थामा समेत गाउँमा नै बसेर गाउँको विकास र उत्थानका लागि अहोरात्र खट्ने शिवलालको दीर्घ जीवनको कामना गर्दै दैनिक’रूपमा उहाँ:लाई भेट्न आउनेहरुको भीड नै लाग्ने गर्छ ।

एक सय वर्ष पार गरेका वृद्ध’वृद्धालाई मानिसको रूपमा नभई भग:वान्का रूपमा मानिनुपर्ने धार्मिक मान्यता र सामाजिक प्रचलन समेत छ । उ’हाँहरुले आफ्नो जीव’नकालमा गरेका कामहरु स’माजका लागि अनुकरणीय हुने गर्दछन् ।

बेली गाउँमा एक सय वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिक हुनुहुन्छ । विष्णुले दैनिकरूपमा ती जेष्ठ नागरिक:हरूको घरमा पुगेर उहाँहरु’लाई कसरी स्याहारसुसार गर्नुपर्दछ भनेर परिवारका सदस्यहरूलाई समेत सिकाउ’नुहुन्छ । आफ्नै खर्चमा ती वृद्ध’वृद्धालाई आवश्यक पर्ने चिज र पोषिला खाने’कुराहरू किनेर लगिदिने, बनाएर खान दिने आदि कामहरू गर्दै आउनुभएको छ ।

शिव’लालका एक छोरा र दुई छोरी हुनुहुन्छ । छोरीहरु विवाह गरेर आआफ्नो कर्म’घरमा हुनुहुन्छ भने छोरा कहिले लेक गाउँमा त कहिले बेली गाउँमा पशु’पालन गर्नुहुन्छ । शिव:लालका तीन सन्ता’नबाट १५ जना छोराछोरी र तिनका २५ जना पनाति, पनातिनी गरेर ४० जनाको परिवार छ । परिवारका सबै सदस्यहरू शिवलाललाई उत्तिकै सम्मान गर्नुका साथै उहाँको रेख’देखमा खटिने गर्नुहुन्छ ।

बाजेलाई प्रसन्न र स्वस्थ राख्न नातिनी विष्णुले हरेक उपाय अपनाउनुहुन्छ । उहाँलाई हँसाउने, फुर्काउने, खुवाउने, सुताउने, उठाउने सबै काम विष्णुले नै गर्दै आउनुभएको छ । बाजेको सेवा गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको र आफूलाई नै भाग्यठानी ठानेको विष्णुको भनाइ छ ।

उहाँले आफ्नो घरका ज्येष्ठ नागरिकलाई बोझको रूपमा नभई ओजको रूपमा लिन र उहाँहरुलाई सम्मानका साथ रहने वातावरण मिलाउन सबैसँग आग्रहसमेत गर्नुभएको छ । – ध्रुवसागर शर्मा / खोसोखास

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button