सासु ससुराले गरिदिए बुहारीको बिहे। पाइलो फर्काउन नयाँ श्रीमान लिएर पुरानै घरमा आएपछि चल्यो रुवाबासी (हेर्नुस भिडियो)

दाङको तुलसीपुरमा यही साताको बिहीबारको कुरा हो। बिहे भएको हो ३० वर्षीया आरती श्रेष्ठको। उनका सासूससुरा विना श्रेष्ठ र शिव श्रेष्ठले बिहे गरिदिएका हुन्। बिहेपछि पाइलो फर्काउन नयाँ श्रीमान लिएर पुरानै घरमा आएकि छिन्।कसरी भयो त बिहे?

केही वर्षअघिको कुरा हो उपमहानगरपालिका–६ निवासी शिव र विनाका छोरासँग आरतीको बिहे भयो। सानो परिवारमा उनी हाँसीखुसी थिइन्। बिहेको केही वर्षमा उनका पति बिरामी परे, क्यान्सर भएको टुंगो लाग्यो। अन्ततः शिव र विना श्रेष्ठका एक मात्र सन्तान, आरतीका पतिको मृत्यु भयो।

छोराको मृत्युपछि शिव–विनाको सहारा बनिन् बुहारी आरती। पतिको मृत्युपछि पनि उनले घर छाडिनन्, सासूससुरासँगै बसिन्। सासूससुराले उनलाई छोरीजस्तै माने, पढाए। गरिखाने बाटो देखाए। सासूससुराको व्यवहारले आरतीलाई पनि पतिको घरमा बस्न असजिलो भएन।

उनको मनमा सासूससुराप्रति माया र सम्मान बढ्दै गयो। उनले पनि सासूसुरालाई आमाबुबा सरह मानिन्। ‘मलाई त झन् सासूससुराले बुहारीभन्दा पनि छोरी जस्तो मान्नुभयो। म खुसी छु।’ बिहीबार आमन्त्रितहरूका माझ यिनै आरतीको बिहे विधिपूर्वक भयो। शिव र विनाले राजीखुसीले उनको बिहे गरिदिएका हुन्।

आरतीको बिहे गरिदिन पाएकोमा शिव र विना दुवैमा सन्तोषको भाव देखिन्थ्यो। ‘हाम्रो छोरा भने पनि बुहारी, छोरी जे भने पनि उनी (आरती) नै हुन्,’ शिवले भने, ‘एकातिर मलाई धेरै खुसी लागेको छ, अर्कातिर यति प्यारी छोरीलाई बिदाइ गर्दा आफूलाई सम्हाल्न गाह्रो पनि भएको छ।’

शिवले आरतीलाई ‘बुहारी’ भनेनन्, ‘छोरी’ भने। बिहे भएर आउँदा आरतीले स्नातक तह पूरा गरेकी थिइन्। घरमा सबैले नर्सिंङ पढ्न हौसला दिए। उनले तुलसीपुरबाटै ‘स्टाफ नर्स’ पढाइ पूरा गरिन्। बिहे गरेर आएपछि परिवारकै हौसलाले आफू नर्स भएको उनले बताइन्।

उनले यो बिहेपछि पनि आफूहरू तुलसीपुरमै बुबाआमा (सासूससुरा) कै साथमा बस्ने निधो गरेकी छन्। ‘जन्मदिने बुबाआमा अरू नै भए पनि कर्म दिने बुबाआमा पहिलो प्राथमिकतामा हुनुहुन्छ,’ उनी भन्छिन्, ‘बिहेपछि पनि हामी तुलसीपुरमा बुबाआमाको घरमै आएर बस्छौँ।’

आरतीले दोस्रा श्रीमान चन्दनध्वज केसीसँग यसबारे सम्झौता भएको बताइन्। शिवले आरती आफूहरूसँग बस्ने कुरा उनकै इच्छामा भर पर्ने बताए। उनी नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–५ का स्थायी बासिन्दा हुन्।उनका अनुसार फेसबुकमार्फत आरतीसँग चिनजान भएको थियो। यता नवलपरासी पूर्वको प्रतापपुर गाउँपालिका–१ बाट आरतीका बुबाआमा छोरीको बिहेमा आएका थिए। आज यो बिहेमा आइपुग्दा मेरी छोरी जति भाग्यमानी कोही छैन जस्तो लागेको छ भन्दै खुशी भएको बताए। पुरा भिडियो हेर्न यहाँ जानुहोस ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button