डाक्टरले, ‘त,लको पनि खो,ल्नु पर्छ, भनेपछी आ’खा चि’म्लेर खो,लिदिए’ ….

काठमाण्डौंको बानेश्वरमा बस्ने उनी हाल नेपाल कमर्श क्याम्पसमा बीबीए अध्ययनरत रहिछन् । घर भने प्युठानको बाग्दुला रहेछ ।केही समयअघि बसाइ सरेर राप्ती गाउँपालिका अर्थात हाम्रै गाउँमा आएका रहेछन् उनका परिवार ।

हामी त अब छिमेकी भएछौ नी नाम के हो भनेर मैले सोधेँ । उनले मुस्कुराउदै जवाफ दिइन् ‘छिमेकीको नाम अब आफै पत्ता लगाउनुस् म त नभन्ने ।’ यतीभन्दा म केही समय बोल्नै सकिन चुप लागेर बस्न बाध्य भए ।
मलाई अल्लारे केटा भनेर नाम भनिनन् कि ? वा फेसबूकमा रिक्वेस्ट पठाउँछ भनेर पो होकी ? नाम नभनेको, यति सोच्दै गर्दा उनले आफ्नो नाम सुनिता गाहा मगर (नाम परिर्वतन)भएको बताइन् । छिमेकीको नाता जोडिसकेको हुँदा अब हामीलाई एकअर्काबीच गफगाफ गर्न कुनै असहजता बाँकी थिएन ।गफ यसरी जम्न थाल्यो कि समय बितेको पत्तै भएन क्षणभरमा बुटवल पुगेछौं । अक्सर यति चाँडो बुटवल पुगेकोजस्तो अनुभव यसअघि मलाई भएको थिएन

 

उनले पनि मेरो बारेमा कुरा खोतन्न थालिन् । मैले आफ्ना बताउन मिल्ने जति सबै कुरा बताएँ । लामो समयदेखि स्वास्थ्य पत्रकारीता गर्दै आएको कुरा छुटाउने कुरै भएन । यती भनिरहँदा उनी एक्कासी केही भावुक देखिइन् ।के भयो’ मैले सोधे ? उनी बोलीनन् । म पनि केही समय चुप लागेरै बसें । विस्तारै उनले भोगेको कुरा सुनाउन थालिन् । ‘मैले तपाईलाई छिमेकी दाई मात्र भनेर होइन एउटा स्वास्थ्य पत्रकारको नाताले मेरो जीवनमा घटेको एउटा घटना सुनाउँदै छु

 

मेरो मनमा खुल्दुली जाग्न थाल्यो, के घटना होला भन्ने लाग्यो । कान एकतमास उनका ओठबाट निस्किएको आवाजमा फोकस भयो । ‘केही सहयोग गर्न सक्छु की’ मैले सोधें । ‘हैन हैन मेरो समस्याको समाधान भइसक्यो, तपाईलाई सुनाउन मात्र लागेको’ उनले घटनालाई अलि सरलीकृत गरिन् ।गाँउघरमा रहँदा घाँसदाउरा गर्नु प्राय नेपालीको नियमित कर्म नै हो । उनको पनि यस्तै घाँस दाउरासँग सम्बन्धित घटना रैछ ।

 

आठ कक्षामा पढ्दै गर्दा एकदिन दाउरा काट्न जङल जाँदा उनको योनीमा दाउराले कोतरेर घाउनै भएछ । यो कुरा दाउरा काट्न जाने तीनजना साथीलाई बाहेक परिवारलाई समेत भनिनन् उनले । त्यसपछि उनले सुनाउँदै गइन् । म एकटकले उनको आवाजमा केन्द्रित भएँ । सामान्य औषधि पसलबाट ल्याएको औषधिले बिस्तारै योनीमा भएको घाँउ निको हुँदै थियो । तर, समस्या थपियो । चञ्चल युवावस्था । मन कहाँ शान्तसँग बस्छ र

 

गर्मीको समय थियो ।नजिकै रहेको तालमा पौडी खेल्न जाने निर्णय गर्यौं । तर, तालमा पानी सफा भने थिएन । सायद तालको पानी सफा नभएर पनि होला त्यसपछि मेरो यौनीमा ससाना खटिरा आउन थाल्यो । उक्त खटिरा विस्तारै चिलाउन पनि सुरु भयो । यो कुरा साथीहरुलाई मात्र थाहा थियो । परिवारलाई भन्न सकेको थिइँन । तर, अन्तत म हिड्नै समेत नसक्ने अवस्थामा पुगें । मेरो अवस्था देखेपछि साथीहरुले घरमा भनिदिएछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button