ला’खौ ला’ख ले हे’रेको भाइ’रल भिडियो : मण्डपमा बेहुलीको खुट्टा ढोगेका किरण भन्छन्- अनि बराबर महशुस भयो (हेर्नुस् सहित भिडियो)

ला’खौ ला’ख ले हे’रेको भाइ’रल भिडियो : मण्डपमा बेहुलीको खुट्टा ढोगेका किरण भन्छन्- अनि बराबर महशुस भयो (हेर्नुस् सहित भिडियो)
सामाजिक सञ्जालमा अहिले एउटा जोडीको बिहेको भिडिओ भाइरल छ।यो जोडी हो अमेरिकाको भर्जिनिया बस्ने किरण पछाई र अनुजा दाहाल। उनीहरूले नेपाली परम्परागत शैलीमा भर्जिनियामै बिहे गरेका हुन्।भिडिओमा बेहुली अनुजाले बेहुला किरणको खुट्टा ढोगेपछि किरणले पनि अनुजाको खुट्टा ढोग्छन्।

‘बिहेमा दुहलीले दुलाहाको खुट्टा ढोग्नुपर्छ भनिन्छ,’ किरणले भने, ‘अनुजाले मेरो खुट्टा ढोगेपछि मैले पनि सम्मानस्वरूप उनको खुट्टा ढोगेको हुँ।’सन् २००६ मा किरणकी आमाको डिभी परेर परिवारै अमेरिका गएका हुन्। सुरूमा उनीहरू कोलोराडो बस्थे। किरण पेसाले सफ्टवेयर इञ्जिनियर हुन्। सन् २०१६ मा उनी कोलोराडोबाट भर्जिनिया सरे। साथीहरूसँग घुम्न जाने क्रममा अनुजा र उनको भेट भयो।

भेटेको झन्डै तीन वर्षपछि दुवैले घरमा बिहेको कुरा राखे र मिलेपछि फेब्रुअरीमा बिहे तय भएको हो।बिहेको त्यो क्षण सम्झिँदै अनुजाले भनिन्, ‘उनले खुट्टा देऊ भन्दा म पनि अलमल्ल परेँ। तर खुट्टा ढोगेपछि, दुवै बराबर भएको महसुस भयो। एकअर्कालाई सम्मान भएकाले खुसी लाग्यो।’

अनुजाकी बहिनीले उक्त भिडिओ टिकटकमा राखिदिइन्। केही समयमै भिडिओ भाइरल भयो।अहिले यो जोडीलाई टिकटकमा ‘ढोगाढोग जोडी’ पनि भनिन थालिएको छ।यी दम्पतीको भिडिओ भाइरल भएपछि समाजशास्त्रीहरूले यसबारे सकारात्मक प्रतिक्रिया दिएका छन्।

‘महिला-पुरुषको सम्बन्ध समान हो भन्ने कुरा उहाँहरूको विवाहमा झल्किन्छ,’ त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्रध्यापक प्रेम चलाउनेले भने, ‘केटीले खुट्टा ढोगेपछि केटाले पनि खुट्टा ढोग्नु भनेको समान अस्तित्व झल्किनु हो।’हाल टिकटकमा उक्त भिडिओ तीन लाख बढीले हेरिसके।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button