आफू मरे’पछि अन्त्येष्टिमा को-को आउँदा रहेछन् भनेर हेर्न एक व्यक्तिले गरे मरेको नाटक

आफू मरे’पछि अन्त्येष्टिमा को-को आउँदा रहेछन् भनेर हेर्न एक व्यक्तिले गरे मरेको नाटक

ब्राजिलका एक व्यक्तिले आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर जान्न मरेको नाटक गरेका छन् ।सेरेमोनियालिस्ट’ को रूपमा ६० वर्षका बाल्टा’जार लेमोसले सयौँको अन्त्ये’ष्टि गरिसकेका छन् । यो अवधिमा उनले कसैको अन्तिम संस्कारमा दुई जना आउने गरेको र कसै’को भने ५ सय जनासम्म आउने गरेको देखेका थिए ।

हालै, उनलाई पनि आफ्नो अन्तिम संस्कारमा आफ्ना को कति साथी र आफन्त आउलान् भन्ने उत्सुकता जाग्यो त्यसैले उनले मरे’को नाटक गरे । त्यो पनि, अन्तिम संस्का’रमा को को आउँछन् त भनेर हेर्नका लागि मात्रै ।

जनवरी १० तारिखमा कसैले बाल्टाजार लेमोस’को सोसल मिडियामा बाल्टाजारको निधन भएको कुरा पोस्ट गरे । त्यसमा लेखिएको थियो, ‘यो दुःखद अपराह्नमा बाल्टाजारको नि’धन भएको खबर दिन चाहन्छु । थप जानका’री छिट्टै दिनेछौँ ।’

त्यसको एक दिन’अघि साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्प’तालको अगाडि बसेको उनको तस्बिर पोस्ट गरिएको थियो, त्यसैले यो कुरा धेरैले पत्याए ।

लेमोसको परिवारलाई यो घोषणाले चकित बनायो किन’भने उनी अ:स्पताल भर्ना भएको कसै’लाई पनि थाहा थिएन । उनका एक जना भतिजो अल्बर्ट आइन्स्टाइन अस्प:ताल गएर उनीबारे बुझे तर बाल्टाजार लेमो’स त्यहाँ भर्ना भएको कुनै रेकर्ड थिएन ।

बाल्टाजारका अन’लाइनका साथीले उनी बितेको दुःखद खबर सेयर गर्न सुरु गरे । कमेन्टमा धेरैले श्र’द्धाञ्जली दिए र मृत्यु के कारणले भएको थियो भनेर धेरैले सोधि’रहेका थिए । तर यस’बारे केही जानकारी दिइएको थिएन । यद्यपि, अन्तिम संस्कार कहाँ र कहिले गरिनेछ भनेर उनको फेस’बुक अकाउन्टमा भने जान’कारी दिइएको थियो ।

जनवरी १८ तारिखमा उनका साथी’भाइ र आफन्त बाल्टा’जारको पैतृक घर भएको सहर कुरिटिबामा जम्मा भयो जहाँ उनको कथित अन्तिम संस्कार आयोजना भइ’रहेको थियो । एक प्रहरमा बाल्टा’जारले आफ्नो जीवन’बारे बोले । त्यति बेला धेरै मानिस रोए किन’भने धेरैले त्यो रेकर्ड गरिएको होला भनेर सोचेका थिए । त्यस’पछि एउटा ढोका खोलियो र उनी सबैको सामु उप’स्थित भए ।

अनुमान गर्न सकिन्छ कि त्यति बेला मानिस’हरूको प्रति’क्रिया कस्तो थियो होला । कोही रु’न थाले, कोही मुख खो’लेर हेरिरहे तर जब उनले आफू म’रेको नाटक गरेको भने तब त्यहाँ उपस्थित धेरैले उनी’माथि अत्या’चारको आ’रोप लगाए ।

‘तिमीले के चाहेको थियौ, त्यो पायौ बाल्टाजार, मानिस’हरूको ध्यान आक’र्षित गर्न । इभेन्ट फोटो’ग्राफरहरूको सबै समूहमा तिम्रो मृत्युको कुरा भइ’रहेको छ । सबै जना दुखित थिए । कस्तो अना’वश्यक ठट्टा । मलाई लाग्छ ‘तिम्रो अन्तिम संस्का’र’ मा आएका सबै जनासँग तिमीले फोटो खिच्नु’पर्छ । मैले तिमी-लाई निजी रूपमा चिन्दिनँ तर हाम्रो कहिल्यै भेट नहोस् भन्ने म चाहन्छु,’ एक जनाले वास्त-विकता थाहा पाएपछि कमेन्टमा लेखे’का छन् ।

बाल्टा’जार लेमोसको कथा सोसल मिडिया’मा आ:गो सरी फैलियो । उनको उद्देश्य के थियो भनेर धेरैले उनलाई सम्पर्क पनि गरे । उनले मानिस’हरूलाई दुःखी बनाउनु आफ्नो अभिप्रा’य नभएको बताउँदै आफ्नो मृ :त्यु हुँदा को–को आउँछन् भनेर थाहा पाउन यस्तो गर्नु’परेको बताए ।

‘यसबारे मलाई ५ महिना अघि सोच आएको थियो । म साँच्चैनै मरेको हुँ भनेर देखाउन चाहन्थे । मानिस’हरूले यसलाई आफ्नै तरि’काले व्याख्या गरे ।

तर मेरो अन्तिम संस्कार’मा को आउँछ भनेर म हेर्न चाहन्थेँ,’ लेमोसले भने । ‘मैले यसबारे कसैलाई पनि भनिनँ किन’भने यसैले काम चल्छ जस्तो लाग्यो । कसै’लाई दुःखी बनाउने, मान हानी गर्ने मेरो उद्देश्य थिएन । म सबैसँग मा’फी माग्न चाह’न्छु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button