१२ वर्षीया बालिकाको साहस – एक्लैले नदीबाट बालुबा बोकेर बनाइन् शौचालय

भद्रपुर, पुस ११ । गर्न खोज्नेलाई केही कुराले छेक्दैन भन्ने ज्वलन्त उदाहरण स्वरुप शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले देखाएकी छन् । घरको आर्थिक अवस्था निकै कमजोर भएकी तर उमेरले १२ वर्ष नकाटेकी शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालीका अशिका राजवंशीले हिम्मत गरेर एक्लै नदीबाट बालुवा ल्याएर घरमा शौचालय बनाएकी पछि हेर्ने सवै चकित परेका छन् ।

शिवसत्ताक्षी नगरपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी भएपछि अशिकालाई चर्पी बनाउने चिन्ताले पिरोलेको थियो।अशिकाले गाउँमा चर्पी बनेको देखेर चर्पी बनाउने अठोट गरी चर्पी बनाउनका लागि उनी आफैँले नदीबाट बालुवा बोकेर ल्याएपछि अभियानकर्ताले खाल्डो खनी रिङ बनाउन लगाएर चर्पी बनाएका थिए।

“चर्पी बनाउनका लागि सम्झाउन आउने दाइ दिदीहरुलाई नै खाडल खन्न लगाएँ”, उनले भनिन्, “मैले खोलाबाट बालुवा बोकेर ल्याएँ, अभियानकर्ता दुर्गा र गणेश दाइले रिङ राख्ने खाडल बनाइदिनुभयो, समुदायको सहयोगमा गरेर चर्पी बन्यो।” अशिकासहित अहिले पाँचगाछीका सबै घरमा चर्पी बनेको छ। चर्पीको प्रयोग अनिवार्य गराउन अभियानकर्ताले साँझ बिहान खुल्ला ठाउँमा दिसा हुने स्थानमा गस्ती

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button