काठमाडौ छोडेर बझाङ गएकी सोनिका गर्दै यस्तो काम, फेरीएको रुप समेत चिन्नै नसकिने

काठमाडौ । सोनिका रोकाय सामाजिक सञ्जालमा निकै चर्चित नाम हो । कलाकार, युट्युवर रोकाय अहिले आफ्नो जन्मथलो बझाङमा छन् ।

कोरोनाको जोखिम बढेसंगै मुलुकभर जारी भएको लकडाउनकाबीच बझाङ गएकी रोकाय अहिले पनि उतै समय विताउँदै छन् ।

काठमाडौंमा रहेर उनले बनाएका युट्युव भिडियो निकै चर्चित हुने गरेका थिए । अहिले उनले बझाङवाट सामाजिक परिवेशका भिडियो सार्वजनिक गर्दै आएकी छन् ।

बुवा आमाले गरेका खेती किसानीका कामलाई सहयोग गर्दै उनले बिताएका गाउँले जिवन पनि वास्तवमै लोभलाग्दो छ । त्यहाँका मनोरम दृष्य उनले सार्वजनिक गरेका भिडियोमा देख्न सकिन्छ ।

केही वर्ष अघि उनले निर्माण गर्ने युट्युव कार्यक्रम वाओ नेपालमा दुई अर्थ लाग्ने शब्द प्रयोग हुने गर्थे भने त्यसमा प्रशासन भएका भिडियो सामग्री पनि सामान्य नागरिकका लागि अस्वभाविक लाग्ने खालका हुने गरेका थिए ।

त्यस्तो कार्यक्रम चलाए बापत निकै आलोचना सहदै आएकी सोनिकाले आफुले अब शैली परिवर्तन गर्ने बताएकी थिइन् ।

यस अघि आफुले बनाएका विषयवस्तु आफैलाई नराम्रो लागेको भन्दै म अब सुध्रिए भन्दै नयाँ कार्यक्रम द सोनिका शो सार्वजनिक गरेकी थिइन् ।

त्यसमा उनले सामाजिक विषयबस्तु उठाउँदै आएकी छन् । केही उनका ब्यक्तिगत जिवनका भिडियो पनि सार्वजनिक गर्ने गरेकी छन् ।

लामो समय देखि बझागंमा रहेकी उनले त्यहाँ आफ्नो आमाबुवा र परिवारले गरेको कृषि उत्पादनहरु प्रस्तुत गरेकी छन् ।

निकै साधारण भेषभुषामा देखिएकी सोनिका बुवाआमाको यस्तै मेहनतले दिएको प्रतिफलले आफुलाई पनि अभिप्रेरित गरेको बताउँछिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button