आफ्नो लिं’ग काटेका युवक भने,– ‘बिच्छीले टोकेपछि विष फैलिने डरले का’टें’

चितवन । आफ्नो लिंग आफैं काटेर अस्पताल पुगेका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरका कारणले लिंग नै काटेर फालिदिएको बताएका छन् ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एक जना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको बताएका छन् ।

बुधबार राति लिंग काटेका उनी रगत बग्न बन्द नभएपछि उपचारका लागि भनेर हेटौंडा अस्पताल पुगेका थिए ।

हेटौंडा अस्पतालका चिकित्सकले उनलाई त्यसै राति नै रिफर गरी चितवन मेडिकल कलेज भरतपुरमा पठाएका थिए । उनको शल्यक्रिया गर्नुपरेको र अवस्था सामान्य रहेको चितवन मेडिकल कलेजका चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकका अनुसार उनको लिंगको आधा भाग काटिएको छ ।ती युवकले होटलको शौचालयमा गएको बेला बिच्छीले लिंगमा टोकेको बताए । त्यसपछि बिच्छीलाई मारेर आफ्नो झोलामा भएको दाह्री फाल्ने ब्लेड निकालेर लिंग काटेको उनले बताए ।

त्यसपछि काटेको भागभन्दा माथि डोरीले बाँधेर आफैं मेडिकलमा गएर औषधि किनेर लगाएको तर रगत बग्न नरोकिएपछि अस्पताल गएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button