भाइरल सिम्रन- ५ दिनमा ९ वटा गीत रेकर्ड, ७० हजार कमाइ

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा बागलुङकी सिम्रन परियार भाइरल छिन्। सानैदेखि गीत गुनगुनाउने सिम्रन भोजराज थापाले लिएको युट्युब अन्तवार्तापछि भाइरल भएकी हुन्।
थापासँगको अन्तर्वार्तापछि भाइरल भएपछि उनी काठमाडौं आइन्। पछिल्लो ५ दिनमा ९ वटा गीत रेकर्ड गराएर बागलुङ फर्किएकी छन्।
उनलाई गीतकार सुनील बिसीले प्रमोद खरेलको स्वरमा रहेको आफ्नो गीत ‘उस्लाई पाउन २’ को फिमेल भर्सन गाउन दिएका थिए। त्यसपछि ‘मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’लगायतको ९ वटा गीत रेकर्ड गराइसकेकी छन्। केही सार्वजनिक भइसके।
९ वटा गीत गाउँदा सिम्रनले ७० हजार कमाइ गरेको बताइएको छ।