पानी खान पल्लो गाउँ गएकी युवतीको युवाहरुले भागौ भनेर हात तानेपछी…

एक युवतीलाई केटाहरूको समूहले दुर्व्यवहार गरेको घटना (पूर्वी)रुकुमको भूमे गाउँपालिका १ को भएको खुलेको छ ।
घटना साउन चारपाँच गते तिरको ‘लुकुम गाउँको झाँक्री मेलाको’ भए पनि अहिले सार्वजनिक भएको खुलेको हो ।
रुकुमकोटको ८ की मगर थरकी ती युवती साथीसँग मेला हेर्न गएकी थिइन् । मेला भूमे गाउँपालिका १ मा लगेको थियो । त्यहाँ मेला हेरेपछि पानी खानको लागि पल्लो गाउँ गएकी थिइन् । पानी खाना जाँदा बाटोमा केटाहरूको समूहले घेरेर जबरजस्ती लैजान खोजेको उनले बताइन् ।
ती युवती अविवाहित हुन् । केटाहरूले छाड्छन् की भनेर उनले आफू विवाहित भएको बताएकी उनले सुनाइन् ।
पीडित युवतीले सुनाइन्, ‘‘यतातिर बिहे नभएकी चेलीहरू मन परेमा जबरजस्ती घिच्चाएर लैजाने गर्दा रहेछन् । यसैले मलाई पनि उनीहरूले लैजान्छन् कि भन्ने डर लाग्यो । यसैले बिहे भएको भनिदिएँ । तै पनि छाडेनन् । बल्लबल्ल भाग्नुप¥यो ।’’