ब,’लात्कारीलाइ आक्रोशित गाउलेले कु.टीकु,टी ह,’त्या गरिदिए पछि ….

असमको लखिमपुर जिल्लाको ढाकुखानाको किल्किली गाउँ नजिकै प्रहरी हिरासतबाट भागेका एक व्यक्तिलाई आक्रोशित भीडले बिहीबार बिहान कुटपिट गरेको छ। कुटपिटबाट उनको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय राजु बरुवा रहेका छन् ।

एक जानकारीका अनुसार मृतकमाथि जबरजस्ती करणी र हत्याका विभिन्न मुद्दा चलिरहेको र उनी अन्य दुई अपराधीसहित मंगलबार ढाकुखाना अदालतबाट प्रहरी हिरासतबाट फरार भएका थिए । तर बिहीबार बिहनै उनलाई केही स्थानीयले समाते प्रहरीलाई जिम्मा दिनुअघि निर्ममतापूर्वक कुटपिट गरेका थिए ।

घटनाको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले जनाएको छ । प्रहरीले गम्भीर घाइते राजुलाई बचाउने प्रयास गरे पनि त्यहाँ ठूलो संख्यामा मानिसहरु रहेको बताएको छ । भीडबाट राजुलाई बचाउन गएका दुई प्रहरी पनि घाइते भएका छन् ।

यस घटनाबारे लखिमपुर जिल्लाका प्रहरी उपरीक्षक बी.एम. राजखोवाले मिडियालाई भने, ‘हामीले बिहीबार बिहान घटनाबारे थाहा पायौं। प्रहरी टोली घटनास्थल पुग्दासम्म अभियुक्त गम्भीर घाइते भएका थिए । उनलाई स्थानीय अस्पतालमा लगियो तर उनको मृत्यु भयो।

प्रहरी अधिकारीका अनुसार अभियुक्त राजुविरुद्ध डकैती, जबर्जस्ती करणी र हत्याका दर्जन बढी मुद्दा दर्ता छन् । यस घटनामा प्रहरीले अज्ञात व्यक्ति विरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button