त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, चालिसे छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो।
बस बुधबार बिहान त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको हो।