तपाईंले चलाउने सिम कसको नाममा दर्ता छ ? थाहापाउन यसो गर्नुहोस्

काठमाडौँ– स्मार्टफोन बोक्ने प्रायः जसो सबैले आफ्नै नामबाट सिम लिएका हुन्छन् ।

नागरि’कताको प्रमाण’पत्र वा राहदानी’जस्तै कुनै सरकारी परिचयपत्रको फोटो’कपी देखाए’पनि र सिम पाइन्छ । तर, सबैका लागि आफ्नै नामबाट सिम झिक्ने अवस्था पनि हुन्न ।

तपाईं नेपाल टेलिकमको सिम प्रयोग गर्नु’हुन्छ र तपाईं’लाई आफ्नो सिम कसको नाममा छ थाहा छ ? थाहा छैन भने यसो गर्नुहोस् ।नेपाल टेलि’कमका प्रयोग’कर्ताले *९२२# डायल गर्दा सिम कस’को नाममा दर्ता भएको छ भनेर देखिन्छ ।

नाम’सारी कसरी गर्ने ?
यदी तपाईले प्रयोग गरिरहेको मोबाइल नम्बर अर्काको नाममा दर्ता छ भने आफ्नो नाममा नाम’सारी गराउन सक्नुहुन्छ । त्यसका लागि आपश्यक काग’जात सहित सम्बन्धित दूरसञ्चार कम्पनी’का कार्या’लयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

नमस्ते पोष्टपेड मोबाइल नम्बर नाम’सारी गर्नुपर्ने भएमा दुबैजना परिचय’पत्र (नागरिकता तथा राहदानी) सहित स्वयम् टेलिकमको कार्या’लय पुग्नुपर्ने हुन्छ । यसका लागि ५६५ रुपैयाँ स्वामित्व शूल्क र ११३ रुपैयाँ नामसारी शूल्क लाग्ने टेलिक’मकी प्रवक्ता प्रतिभा’ वैद्यले जानकारी दिइन् ।

नमस्ते प्रिपेड मोबाइ’ल नम्बर नामसारी गर्न परिचय’पत्र आवश्यक पर्ने भए पनि शूल्क भने नलाग्ने उनको भनाई छ । वैद्यका अनुसार मोबाइल नम्बर दर्ता रहेको व्यक्ति विदेशमा रहेका कारण उप’स्थित हुन नसक्ने भएमा वा मृत्यु भइसकेको अवस्था’मा नाता खुल्ने कागजात भए पुग्छ ।

यसैगरी एनसे’लको मोबाइ’ल नम्बर नामसारी गर्न नागरिकता, त्यसको प्रतिलिपि र पासपोर्ट साइजको फोटो सहित एनसेल सेन्टरबाट पुनःप्रमाणी’करण गर्न सकिन्छ । त्यसका लागि कुनै पनि किसिम’को शूल्क नलाग्ने एनसे’लले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button